वीरगन्जमा करेन्ट लागेर दुई मजदुरको मृत्यु

युग संवाददाता     286 पटक पढिएको    

वीरगन्जमा करेन्ट लागेर दुई मजदुरको मृत्यु

वीरगन्ज /  वीरगन्जमा करेन्ट लागेर दुई मजदुरको मृत्यु भएको छ । पर्साको धोबिनी गाँउपालिका-३ हरिहरपुरका ३० वर्षीय सैफुल्लाह अन्सारी र वीरगन्ज महानगरपालिका- ९ रानीघाटका ६० वर्षीय ध्रुब प्रसाद साहको करेन्ट लागेर मृत्यु भएको हो।

वीरगन्ज-२६ मा स्थानीय रामकिशोर प्रसाद कुर्मीको घरको दोस्रो तल्लाको छत प्लाष्टर गर्ने क्रममा छेउकै विद्युतको पोलको तारमा छोइएर करेन्ट लाग्दा अन्सारीको मृत्यु भएको हो। यस्तै वीरगन्ज-८ बसपार्कस्थित स्थानीय सत्रुधन सर्राफको घरको छाना सरसफाइ गर्ने क्रममा करेन्ट लागेर साह गम्भीर घाइते भएका थिए।

घाइते साहलाई उपचारका लागि आशाराम अस्पतालमा लग्दा चिकित्सकले मृत घोषणा गरेको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए। 



मङ्गलबार २५, असोज २०७९ ०५:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal