करातेका खेलाडीहरुको बन्द प्रशिक्षण जारी

युग संवाददाता     174 पटक पढिएको    

करातेका खेलाडीहरुको बन्द प्रशिक्षण जारी

धनगढी / असोज अन्तिम साता गण्डकी प्रदेशमा प्रारम्भ हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि करातेको सुदूर पश्चिम स्तरीय बन्द प्रशिक्षण धनगढीमा सञ्चालन भएको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न प्रदेशस्तरीय छनौट प्रतियोगिताबाट छानिएका खेलाडीहरुलाई दशैंअघिदेखि प्रशिक्षण दिदै आएकोमा घट्स्थापनापछि बन्द प्रशिक्षण सञ्चालन गरिएको हो ।

उनीहरुलाई बन्द प्रशिक्षणमा राखेर बिहान ३ घण्टा र साँझ ३ घण्टा प्रशिक्षण दिने गरिएको छ । प्रशिक्षणमा सुदूर पश्चिमका नौ वटै जिल्लाबाट छनौट भएका खेलाडीहरु सहभागी छन् ।

अमेरिकाबाट आउनुभएका आँठौ साफका पदकधारी करातेका बरिष्ठ प्रशिक्षक मकेन्द्र बहादुर सिंह, कराते प्रशिक्षक प्रकाश कुमार चन्दले खेलाडीहरुलाई प्रशिक्षण दिईरहनु भएको छ ।



सोमबार २४, असोज २०७९ ०९:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.