टिकट नपाएपछि एमाले नेता यज्ञराज बास्तोलाद्वारा जिम्मेवारीबाट राजीनामा

युग संवाददाता     305 पटक पढिएको    

टिकट नपाएपछि एमाले नेता यज्ञराज बास्तोलाद्वारा जिम्मेवारीबाट राजीनामा

धनगढी / नेकपा (एमाले) का सुदूरपश्चिम सचिवालय सदस्य यज्ञराज बास्तोलाले एमालेको साधारण सदस्यसमेत नरहने गरी आफूले सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन् । 
प्रदेश सभा सदस्यमा टिकट नपाएपछि उनले आफू एमालेको साधारण सदस्यसमेत नरहने गरी सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन् । कैलाली क्षेत्र नम्बर ५ को (क) मा आफूलाई प्रदेश सभा सदस्यको उम्मेदवारको लागि निर्णय गरिसकेको अवस्थामा पार्टीका जिल्ला इन्चार्ज नारदमुनि रानाको लिडे ढिपी र जिद्दीको कारण कम्युनिष्ट पार्टीलाई जातिय पार्टी बनाउने कार्य भएको र पार्टीले आफूलाई दिइसकेको टिकट खोस्ने कार्य भएको बास्तोलाले आरोप लगाएका छन् । उनले राजीनामापत्रमा नारदमुनि राना जस्ता व्यक्तिको नेतृत्वमा बसेर काम गर्दा पार्टी र समाजको भलो नहुने उल्लेख गरेका छन् । 
पार्टी नेतृत्व पनि आफ्नो निर्णयमा दरो उभिएर न्याय नगरेको हुँदा त्यस्तो नेतृत्वबाट भविष्यमा पनि न्याय नहुने भन्दै भन्डाफोर गर्न आग्रहसहित उनले सबै जिम्मेमवारीसहित साधारण सदस्यसमेमत नरहने गरी आफूले राजीनामा दिएको उल्लेख गरेका छन् । बास्तोलाले आफू २०३५ सालदेखि आफू कम्युनिष्ट आन्दोलनमा लागेको पत्रमा उल्लेख गरेका छन् । 
नेकपा एमालेले क्षेत्र नम्बर ५ (क) मा दोस्रो पटक नेपालु चौधरीलाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको छ । 



सोमबार २४, असोज २०७९ ०९:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal