कर्णाली र मोहना नदीमा पानीको सतह विस्तारै घट्दै

युग संवाददाता     111 पटक पढिएको    

कर्णाली र मोहना नदीमा पानीको सतह विस्तारै घट्दै

धनगढी / खतराको तहभन्दामाथि रहे पनि कर्णाली नदीमा पानीको सतह घट्न थालेको छ । 
विहानबाट कर्णाली नदीमा पानीको सतह घटिरहेको चिसापानी जलमापन केन्द्रका गेज रिडर पार्वती गुरुङले जानकारी दिइन । विहान ५ बजेको मापन अनुसार पानीको सतह १२.२५ मिटर रहेको छ । कर्णालीमा बाढी अझै खतराको तहभन्दा माथि रहे पनि विस्तारै घट्न थालेको उनले बताइन् । कर्णाली नदीमा १०.८० मिटर खतराको तह हो । 
कर्णालीमा बाढीले खतराको तह पार गरेपछि कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका र बर्दियाको राजापुरका केही ठाउँमा डुबान भएको छ । यस्तै, जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । 
यसैगरी, मोहना नदीमा पनि पानीको सतह घट्ने क्रममा रहेको जनाइएको छ । विहान ७ बजे मोहनामा पानीको सतह ४.३६ मिटरमा झरेको छ । 



सोमबार २४, असोज २०७९ ०३:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.