सत्ता गठबन्धन कैलाली क्षेत्र नं. ५ बाट पन्त, धामी र देउवाको उम्मेदवारी दर्ता

युग संवाददाता     326 पटक पढिएको    

सत्ता गठबन्धन कैलाली क्षेत्र नं. ५ बाट पन्त, धामी र देउवाको उम्मेदवारी दर्ता

धनगढी । कैलाली क्षेत्र नम्बर ५ बाट सत्ता गठबन्धनका साझा उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उनले आज उम्मेदवारी दर्ता गराएका हुन । प्रतिनिधि सभामा नेपाली काँग्रेसका डिल्ली राज पन्तले उम्मेदवार दर्ता गराएका हुन् ।

भने कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा क्षेत्र (क) बाट नेकपा माओवादी केन्द्रका रमेश सिंह धामी र (ख) बाट प्रधानमन्त्री पत्नी आर्जू राणा देउवाका स्वकीय सचिव समेत रहेका नेपाली काँग्रेसका प्रकाश बहादुर देउवाले  उम्मेदवारी दर्ता गराएका छन् ।  



आइतबार २३, असोज २०७९ ०३:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.