कैलाली -४ बाट लेखराज भट्टले गरे उम्मेदवारी दर्ता

युग संवाददाता     148 पटक पढिएको    

कैलाली -४ बाट लेखराज भट्टले गरे उम्मेदवारी दर्ता

धनगढी / नेकपा एमाले सचिव लेखराज भट्टले प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन्।

कैलाली ४ बाट उम्मेदवार दिएका सुदूरपश्चिम ईञ्चार्जसमेत रहेका भट्टले आइतबार दिउँसो गोदावरी नगरपालिकाको अत्तरियामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।

निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने कार्यतालिका बनाएको हो। 



आइतबार २३, असोज २०७९ १२:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.