एमालेका नारदमुनि रानाद्वारा उम्मेदवारी दर्ता

युग संवाददाता     134 पटक पढिएको    

एमालेका नारदमुनि रानाद्वारा उम्मेदवारी दर्ता

धनगढी / कैलाली क्षेत्र नम्बर ५ बाट नेकपा (एमाले) का उम्मेदवारहरूले नारदमुनि रानाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उनले आज दिउँसो उम्मेदवारी दर्ता गराएका हुन । राना २०७४ को निर्वाचनमा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए । 
यस्तै, कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा क्षेत्र (क) बाट अहिलेका प्रदेश सभा सदस्य नेपालु चौधरी र (ख) बाट एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले उम्मेदवारी दर्ता गराएका छन् । 



आइतबार २३, असोज २०७९ १२:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.