कर्णाली नदीमा पानीको सतह खतराको तह नजिक

युग संवाददाता     120 पटक पढिएको    

कर्णाली नदीमा पानीको सतह खतराको तह नजिक

धनगढी / कर्णाली नदीमा पानीको सतहले चेतावनी तह पार गरेको छ । दिउँसो २ बजेसम्म पानीको सतह १०.१५ मिटरमाथि आइपुगेको जलमापन केन्द्र चिसापानीमा कार्यरत गेज रिडर पार्वती गुरुङले बताइन । 
कर्णाली नदीमा पानीको सतह १० मिटरसम्म चेतावनी तह हो । १०.८० मिटर पुगेमा खतरा हुने गरेको छ । कर्णालीमा पानीको सतहले चेतावनी तह पार गरेकाले कैलाली र बर्दियास्थित तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयले सतर्कता अपनाउनु पर्ने अवस्था सृजना भइसकेको छ । 



आइतबार २३, असोज २०७९ ०९:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.