कैलाली र कञ्चनपुर जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा

युग संवाददाता     143 पटक पढिएको    

कैलाली र कञ्चनपुर जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा

धनगढी / कैलाली र कञ्चनपुर जिल्ला जोड्ने मोहना नदीमा बनेको झोलुङ्गे पुल जोखिममा परेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१३, श्रीलंका र कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ मजगाइ जोड्ने पुल मोहना नदीमा आएको बाढीको कटानले उच्च जोखिममा परेको हो ।

मजगाइका स्थानीय रामु कुश्मीका अनुसार केही साताअघि आएको बाढीले जोखिममा परेको पुल पुनः निरन्तरको वर्षापछि आएको बाढीले बग्ने अवस्थामा पुगेको हो । निरन्तरको कटानले पुलको पिलर र नदीको धारबीचको दुरी डेढ मिटरमात्र रहेको बताउँदै उनले समयमा पुल जोगाउन नसकिए आवातजावत नै बन्द हुने चिन्ता व्यक्त गरे ।

२०६७ मा निर्माण भएको पुलमा दैनिक १० हजार बढीले आवतजावत गर्छन् । तर पुलको कटान रोकथामका लागि स्थानीय तह तथा सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले पुलको अवस्था बुझेर तत्काल कटान रोकथामको प्रक्रिया थाल्ने बताए । कञ्चनपुर प्रशासनसँग पनि समन्वय गरेर प्रक्रिया अगाडि बढाउने प्रजिअ थापाको भनाइ छ ।



शुक्रबार २१, असोज २०७९ ०५:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.