अबिरल वर्षापछि यस्तो देखियो धनगढीको पार्कमोड

युग संवाददाता     125 पटक पढिएको    

अबिरल   वर्षापछि यस्तो देखियो धनगढीको पार्कमोड

धनगढी,२० असोज । बिहीबार (आज) बिहान देखि परेको अविरल वर्षाले धनगढीको पार्कमोड डुबानमा परेको छ । निरन्तरको वर्षापछि आज  पनि पार्कमोडमा पानी जमेको हो ।

उचित ढल निकासको व्यवस्थापन नहुँदा यहाँ बर्षेनि डुबानमा पर्दै आइरहेको छ । केही समय अघि धनगढी उपमहानगरपालिकाले नाला सफा गरे पनि फेरि पार्कमोड डुबानमा परेको हो ।अहिले सो ठाउँमा धनगढीको नगर सफाई प्रहरीले नाला सफाई गरिरहेको छ । 

हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

देशभर सामान्यदेखि पूर्ण बदली रहेकाले सुदूरपश्चिम सहित  बागमती  प्रदेश, गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ।



बिहिबार २०, असोज २०७९ ११:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.