कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

युग संवाददाता     258 पटक पढिएको    

कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

कञ्चनपुर / कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका ११ अमरबस्तीमा से ७ प ४७६५ नम्बरको मोटर साइकल बिजुलीको पोलसँग ठोक्किँदा दुर्घटनामा परेको हो ।

पुनर्वास नगरपालिका ९ बाट डोकेबजार जानेक्रममा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरका २३ वर्षीय गुड्डु राना र पछाडि सवार पुनर्वास १० का २२ वर्षीय विशाल रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका कार्यालय प्रमुख प्रहरी निरीक्षक नरेश राज मल्लले जानकारी दिए

बुधबार राती साढे १० बजेतिर सो मोटर साइकल दुर्घटनामा परेको हो । मोटर साइकल बिजुलीको पोलमा ठोक्किँदा पोल समेत भाँचिएको छ । मोटर साइकल तीव्र गतिमा रहेको बुझिएको छ  ।



बिहिबार २०, असोज २०७९ ०५:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal