बझाङमा ड्रागन खेतीको तयारी

युग संवाददाता     129 पटक पढिएको    

बझाङमा ड्रागन खेतीको तयारी

बझाङ / बझाङमा चैते धानको सफल परीक्षणपश्चात ड्रागन खेतीका लागि पनि परीक्षण गरिने भएको छ ।

धानका परीक्षणका लागि गत फागुनमा बीउ राखेर चैतमा रोपेको धान साउनमा फलेको थियो । त्यसरी नै आठ सय मिटरको उचाइमा भाँडे र झोतामा ड्रागनको परीक्षण गर्ने कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले बताए ।

धान परीक्षणका लागि छबिसपाथिभेरा गाउँपालिका–१ भाँडेबजारमा धान रोपेको थियो । हर्दिनाथ प्रजातिको धान बझाङमा सफल भए पनि व्यावसायिक रूपमा खेती गर्न भने अलि कठिन हुने विष्टले बताए ।

करिब सय दिनको अवधिमा पाक्ने भए पनि व्यावसायिक खेती गर्नका लागि पाक्ने सिजनमा झरिले नोक्सान गर्न सक्ने उनले बताए । “कम मात्रामा खेती गर्दा सहज भए पनि ठूलो खेतीका लागि चैते धान वर्षायामको पानीले भित्र््याउन असहज हुनसक्छ,” उनले भने, “बझाङमा पनि चैते धान फल्ने रहेछ भन्ने थाहा  भयो ।

पहाड क्षेत्रमा व्यावसायिक रुपमा ठूलै जमिनमा खेती गर्दा भने वर्षाले बढी क्षति पु¥याउन सक्ने देखिन्छ ।”बझाङमा किसानलाई आत्मनिर्भर बनाउनका लागि ड्रागन खेतीको पनि परीक्षणको तयारी भएको विष्टले बताए ।

“अहिले माटो र मौसम हेरेर ड्रागन रोप्ने र मङ्सिरसम्ममा फल दिन्छ,” उनले भने, “गर्मी सिजनमा हुने हुँदा यो पटक पाँच/पाँच लाखको लगानीमा भाँडे र झोतामा परीक्षण गर्न लागेका छौँ । परीक्षणमा कस्तो परिणाम आउँछ, त्योअनुसार अगाडि बढ्छौँ ।”

ड्रागनका लागि बेर्ना कैलाली र कञ्चनपुरबाट ल्याउनुपर्ने उनले बताए । “एउटै बिरुवालाई रु एक हजार पाँच सय जति पर्छ,” उनले भने, “यस पटक परीक्षणका लागि भाँडे र झोतामा सडक नजिक बेर्ना रोप्नका लागि सम्पूर्ण तयारी भइसकेको छ ।”



सोमबार १७, असोज २०७९ ११:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.