कैलालीको अत्तरिया चोकमा ‘हाइमास्ट लाईट’ जडान

युग संवाददाता     140 पटक पढिएको    

कैलालीको अत्तरिया चोकमा ‘हाइमास्ट लाईट’ जडान

धनगढी / कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया चोकमा  ‘हाइमास्ट लाइट’ जडान गरिएको छ।

नगरपालिकाले ७२ सय वाट क्षमताको  हाइमास्ट लाइट जडान गरेको हो । नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले आइतबार साँर्झ  हाइमास्ट लाइट’ को उद्घाटन गरेका हुन् ।

नगरप्रमुख भट्टले लाइट जडान भएपछि रातीको समयमा हुने दुर्घटना रोक्न सहयोग पुग्ने बताए। ‘हाइमास्ट लाइट’ मा ६ वटा चिम रहेका छन्।  उक्त लाइट टाइम सेट गरेपछि आफै बन्द हुने बताइएको छ ।  गोदावरी नगरपालिकाले पहिलो कार्यपालिका बैठकबाट चोकमा हाइमास्ट लाइट राख्ने निर्णय गरेको थियो।  



सोमबार १७, असोज २०७९ ०५:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.