टीका सकेपछि टिकट वितरण गर्ने एमालेको तयारी

युग संवाददाता     160 पटक पढिएको    

टीका सकेपछि टिकट वितरण गर्ने एमालेको तयारी

काठमाडौं / नेकपा एमालेले टिकट वितरण दशैंको टीकापछि गर्ने तयारी गरेको छ । अध्यक्ष केपी शर्मा ओली टीकाको दिनसम्म गृह जिल्ला झापा रहने कार्यक्रम रहेकाले दशैंअघि टिकट वितरणको सम्भावना टरेको हो ।

‘दशैंको अघिल्लो दिन अध्यक्ष केपी ओलीले सधैं झापामा चियापान राख्ने गरेकाले उहाँ सोमबार नै झापा जादै हुनुन्छ । ओलीका पिता झापा नै भएकाले टीका लगाएर मात्रै काठमाडौं फर्कने कार्यक्रम छ । त्यसपछि मात्रै निर्वाचनका लागि टिकट टुंगो लगाउने तयारी भएको एमाले श्रोतले बतायो ।

अध्यक्षसहितका शीर्ष नेताहरु गृह जिल्लातिर लाग्ने कार्यक्रम भएकाले दशैंको टीका पछि मात्रै टिकट वितरणबारे निर्णय हुने एमालेका एक नेताले बताए । गएको बिहीबार बसेको सचिवालय बैठकले टिकट वितरण गर्ने अधिकारी अध्यक्ष ओलीलाई दिएको थियो ।



सोमबार १७, असोज २०७९ ०५:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.