करेन्ट लागेर एक जनाको मृत्यु

युग संवाददाता     137 पटक पढिएको    

करेन्ट लागेर एक जनाको मृत्यु

गुल्मी / गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मी दरबार गाउँपालिकाको निर्माणाधीन अस्पतालमा काम गरिरहेका बेला करेन्ट लागेर भारतको छोटावासीनभार ग्राम परमानन्दपुर पोष्ट वसन्तपुरका २८ वर्षीय मोहमद आजातको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शनिवार दिउँसो काम गर्दै गर्दा करेन्ट लागेर घाइते भएका आजातको राति गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । भारत घर भएका आजात लामो समयदेखि अर्जुन विल्डर्स कम्पनी तम्घासमा कामदारको रुपमा कार्यरत थिए । सो अस्पतालको निर्माणकार्य अर्जुन बिल्डर्स तम्घास गुल्मीले गरेको थियो ।

शवलाई पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।



आइतबार १६, असोज २०७९ ०१:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.