कानपुरमा ट्याक्टर पल्टिँदा कम्तीमा २६ जनाको मृत्यु

युग संवाददाता     130 पटक पढिएको    

कानपुरमा ट्याक्टर पल्टिँदा कम्तीमा २६ जनाको मृत्यु

‍एजेन्सी, भारत उत्तर प्रदेशको कानपुर ट्याक्टर पल्टिँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ । घाटमपुर क्षेत्रमा पानी भरिएको खाल्डोमा ट्रयाक्टरको ट्रली खसेर दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार कानपुरको जिल्ला मजिस्ट्रेट विशाख जी अय्यरले १४ जना महिला र बाँकी बालबालिकाको मृत्यु भएको छ । उक्त ट्रयाक्टरमा ५० जना सवार थिए । जसमा २६ जनाको मृत्यु भएको छ भने बाँकी घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्याक्टरमा सवार सवैजना फतेहपुरको चन्द्रीका देवी मन्दिरमा मुन्डन (कपाल खौरीने) कार्यक्रममा सामेल भएर घाटमपुर फर्किरहेका थिए । घटनास्थलमै १२ जनाको र अरुको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ । प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले युद्धस्तरमा घटनास्थलमा उद्धार र राहतमा जोडिन निर्देशन दिइसकेका छन् ।

राष्ट्रपति दोपद्री मुर्मुले घटना दुखद् भएको भन्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । प्रधानमन्त्री मोदीले राष्ट्रिय राहत कोषबाट मृतकको परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार आर्थिक सहयोगको घोषणा पनि गरेका छन् ।



आइतबार १६, असोज २०७९ ०४:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.