बैतडी / जिल्ला प्रशासन कार्यालय बैतडीले १५ दिन भित्र हातहतियार बुझाउन निर्देशन दिएको छ । शुक्रबार एक सूचना जारी गरेर जिल्ला प्रशासन कार्यालय बैतडीले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको हो ।
अगामी मंसिर ४ गते हुने प्रतिनिभि सभा तथा प्रदेश सभा निर्वाचनलाई ध्यानमा राखेर हातहतियार बुझाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जनाकारी दिए । निर्वाचनलाई शान्तीपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्नका लागि इजाजत प्राप्त गरि व्यक्तीगत रुपमा राखिएका हातहितयारहरु नजिकको प्रहरी इकाइमा बुझाउन सूचनामार्फत भनिएको छ । बुझाइएका हातहतियार निर्वाचनपछि फिर्ता गरिने बताइएको छ ।
अबको १५ दिन भित्र हातहतियार बुझाउन प्रशासनले निर्देशन दिएको हो । सो समयम सीमा भित्र इजाजत प्राप्त हातहतियार नबुझाउने लाई कानुन अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
प्रतिकृया दिनुहोस