ऐतिहासिक अमरगढी किल्ला जीर्ण बन्दै

युग संवाददाता     144 पटक पढिएको    

ऐतिहासिक अमरगढी किल्ला जीर्ण बन्दै

डडेल्धुरा / यहाँ अवस्थित पश्चिम नेपालकै ऐतिहासिक पर्यकीयस्थलको महत्वपूर्ण सम्भावना बोकेको अमरगढी किल्ला जीर्ण बन्दै गएको छ ।

पर्यटन वर्षका अवसरमा सरकारले घोषणा गरेका सय पर्यटकीय गन्तव्यमा परेको अमरगढी किल्ला जीर्ण बनेको छ । द्वन्द्वकालमा नेपाली सेनाको कब्जामा रहेको किल्लामा अहिले छाडेको छ । सेनाले छाडेपछि किल्लाको जीर्ण बन्दै गएको छ । गत वर्ष पुरातत्व विभागबाट किल्ला पुनःनिर्माण र मर्मतका नाममा बजेटबाट किल्ला मर्मतभन्दा पनि बाहिरी सजावटमै खर्च हुँदै आएको छ । अमरगढी किल्ला विकास समितिले किल्लाको सबै जिम्मेवारी पाए पनि मर्मत तथा सुधारमा चासो दिएको छैन ।

अमरगढी नगरपालिका यही किल्लाको नामबाट २०५४ सालमा नामकरण गरिएको हो । नगरपालिकाले स्थापनापछि विसं २०५६ मा किल्लालाई आफ्नो मातहतमा ल्याएको थियो । विसं २०५८ मा तत्कालीन माओवादी द्वन्द्वका बेला जिल्लालाई सुरक्षा दिन यो किल्ला नेपाली सेनाले आफू मातहत ल्याएको थियो । त्यसपछि किल्ला प्रवेशमा पर्यटकलाई प्रतिबन्ध लगाइएको थियो । विसं २०५८ देखि २०६६ सम्म किल्ला सेनाको मातहत रह्यो । स्थानीयको पटकपटकको प्रयासपछि २०६६ साल पुसदेखि किल्लाको नगरपालिकाले रेखदेख र सञ्चालन गर्ने जिम्मा पाएको हो ।

किल्लाभित्र रहेको ऐतिहासिक हातहतियार तथा तत्कालीन युद्धरत सैनिकका पोशाक राख्न, प्रचार गर्न जरुरी रहेको स्थानीय सुरेश थापाले बताए । प्रत्येक आर्थिक वर्षमा नगरपालिकाले नगरभित्रका मुख्य पर्यटकीयस्थलको प्रचारका लाखौँ रुपैयाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।



शुक्रबार १४, असोज २०७९ ०९:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.