रवि लामिछानेलाई डेंगु संक्रमण

युग संवाददाता     498 पटक पढिएको    

रवि लामिछानेलाई डेंगु संक्रमण

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण भएको छ । रविले आफ्नो फेसबुक पेजमा आफूलाई संक्रमण देखिएको जानकारी दिएका छन् ।

बिहिबार दिउँसो उनले फेसबुकमा लेखेका छन्, ‘हिजो दिउँसोदेखि ज्वरो र शरीर दुखाईका लक्षण देखिन थालेको थियो । आज परिक्षण गराउँदा डेंगु देखियो ।

डाक्टरको सल्लाह अनुसार केही दिन आराम गर्नु पर्ने भएकाले भरतपुर, तनहुँ, लम्जुङ, गोर्खा लगायतका कार्यक्रमहरुमा सहभागी हुन नसकिने कुराको जानकारी गराउँदछु  ।’ उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिए ।



बिहिबार १३, असोज २०७९ ०२:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal