नागको अन्डा देख्ने मान्छे भाग्यमानी हुन्छ १चोखो मनले लाइक गर्नुहोस सेयर गर्नुहोस तपाइको भाग्य चम्किनेछ

युग संवाददाता     1170 पटक पढिएको    

नागको अन्डा देख्ने मान्छे भाग्यमानी हुन्छ १चोखो मनले लाइक गर्नुहोस सेयर गर्नुहोस तपाइको भाग्य चम्किनेछ

नागको अन्डा देख्ने मान्छे भाग्यमानी हुन्छ १चोखो मनले लाइक गर्नुहोस सेयर गर्नुहोस तपाइको भाग्य चम्किनेछ
 
मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो ।अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै आस्था र समर्पणको आधारमा प्रकृतिलाई दैवीकरण गर्यो । प्रकृतिका विविधरुपलाई फरक फरक शक्तिद्धारा सञ्चालित भएको विश्वासमा वहुदेववादको कल्पना गरियो । अतः विश्वको हरेक सभ्यतामा विकसित धर्म र संस्कृतिले प्रकृतिपूजालाई अपनाएको पाईन्छ । आदिम सभ्यताको उत्खनन्बाट प्राप्त पुरातात्विक सामाग्रीहरुको आधारमा प्राचीन मानव प्रकृतिपूजक रहेको पुष्टि हुन्छ । फरक यति हो कि देश,काल, वातावरण र पर्यावरण अनुसार पूजा, उपासना र साधना पद्धति फरकफरक हुन्छ । हिन्दू धर्म र दर्शनमा प्रकृति लगायत समस्त विश्वकल्याणको लागि उपासना र प्रार्थाना गरिन्छ ।

यस्ता उपासना र अनुस्ठानको भित्रि उद्धेश्य वातावरणीय र पर्यावरणीय सन्तुलनलाई कायम राख्ने रहेको देखिन्छ । कतिपय हिन्दू राजाहरुले त आफूलाई सूर्यवंशी, चन्द्रवंशी र नागवंशी भनेर आफूलाई परिचित गराउँनुमा प्रकृतिपूजन प्रतिको आस्था भाव नै हो । प्रकृतिपूजा र उपासनाको परम्परामा हिन्दूहरुले मनाउँने नागपञ्चमीले पर्यावरणीय महत्वलाई झल्काउँछ नै,अर्कोतिर हिन्दू धर्मको दार्शनिक पक्षलाई सम्झाउँ छ । सिधा भाषामा भन्नु पर्दा नाग भनेको सर्प हो । सर्पले प्रकृतिमा भएको विषाक्त तत्वहरुलाई आफूमा ग्रहण गरेर प्राकृतिक सन्तुलनलाई कायम राख्दछ ।

हिन्दूहरुले अमृत समान दुध दिने गाईलाई जसरी आमा समान मानेर पूजा गर्छन, त्यसरी नै विष ओकल्ने सर्पको पूज गर्ने जाती त हिन्दूधर्मी आर्यहरु नै हुन् ।आज पनि भारत तथा नेपालमा आफूलाई नाग जातीका सन्तान मान्ने जातीहरु छन् । भारतमा त नागाल्याण्ड भन्न ठाउँ बिशेष प्रख्यात छ । प्रजातीय शास्त्रले नाग जातीलाई मंगोल मूल आदिबासी हुन भनि व्याख्या गर्दछ । सिन्धु नदी पार गरेर आएका आर्यहरु अर्थात हिन्दूहरुले याहाँको आदिवासीका संस्कृति तथा तिनका परम्पराहरुमा आफूलाई समाहित गर्नु हिन्दूहरुको उच्चतम धार्मिक सहिष्णुता हो भन्ने प्रष्टिन्छ ।

हरेक वर्ष कात्तिक कृष्ण पक्ष त्रयोदशीको तिथीका दिन अर्थात धनवन्तरी त्रयोदशीका दिन काग तिहार मनाउने गरिन्छ । काग तिहारको दिनलाई धनतेरस पनि भन्ने गरिन्छ । यो दिनलाई धनका देवता कुबेरको जन्मदिन र आयुर्वेदका प्रवर्तक धन्वन्तरीको एक पर्व पनि हो । यो दिन नेपालको तराई क्षेत्रमा नयाँ भाँडा कुँडा किनमेल गर्नुको साथै सुनचाँदीको गरहगना किनमेल गर्ने चलन रहेको छ । धनतरेसको दिनमा कागको पुजाआज गरि दिपदान गर्ने गरिन्छ । यस दिन घरमा विभिन्न वस्तुहरु किनेर भित्र्याउनाले वर्षभरि धन प्राप्त हुने र लक्ष्मी सधै साथमा रहने विश्वास रहेको छ ।

आज हामी तपाईलाई काग तिहारको दिन कसैलाई थाहा नदिई घरमा भित्र्याउने सामानको बारेमा जानकारी दिन गइरहेका छौँ । जसले गर्दा घरमा आर्थिक लाभ हुन्छ । धनियाका दाना स्काग तिहारको दिन तपाईले आफ्नो घरको बगैँचामा धनियाँको दाना कसैलाई थाहा नदिई लक्ष्मी माता प्रसन्न हुने मान्यता रहेको छ ।गरगहना स् काग तिहारको दिन सुन तथा चाँदीका गरगहना खरिद गर्नु शुभ मानिन्छ । कसैलाई थाहा नदिइकन खरिद गरेको गरगहना लक्ष्मीलाई अर्पित गरेमा धन लाभ हुनेछ । शंख स् शंखलाई हिन्दु धर्ममा विशेष स्थान दिइएको हुन्छ ।

घरमा शंख बजाउनाले घर शुद्ध हुने मान्यता रहेको छ । काग तिहारको दिन कसैलाई थाहा नदिइ घरमा शंख ल्याएर लक्ष्मीलाई अर्पित गरेमा लक्ष्मी खुसी हुने गर्छिन् ।अन्य समाचार, २० बर्षे युवतीको डाक्टरलाई प्रश्न – बिबाहपुर्वको यौनसम्बन्ध बिहे पछीका श्रीमानलाई थाहा हुन्छ कि हुदैन रु म २० वर्षीया युवती हुँ । मेरो विवाह भएको छैन, तर ब्वाइफ्रेन्ड छ । अहिले उसले मसँग यौनसम्पर्क गर्ने प्रस्ताव राख्दै छ । मेरो विवाह उसैसँग भयो भने त ठीकै छ तर अरूसँग भयो भने के पछि हुने श्रीमानले मैले पहिले नै अरूसँग यौनसम्पर्क गरेको थाहा पाउँछ रुजवाफ( डाक्टर राजेन्द्र भद्रा केटा साथीसँगको सम्बन्धस् तपाईंले केटा साथीसँगको सम्बन्धको कुरा त गर्नुभएको छ तर उक्त सम्बन्धका बारेमा खासै केही बताउनुभएको छैन । यौनसम्पर्कको प्रस्तावका कारण तपाईंहरूको सम्बन्ध केही गहिरो भएको बुझिन्छ । तपाईंलाई थाहै होला, दुई व्यक्तिबीचको अन्तरङ्ग रोमान्टिक सम्बन्धकै एउटा विकसित रूप प्रेम हो ।

भनिन्छ, प्रेममा शारीरिक रूपमा यौनसम्पर्क राख्ने ध्येयले प्राथमिकता पाउँदैन । प्रेम वास्तवमा बिस्तारै हुने प्रक्रिया हो । दुई व्यक्ति साथसाथै हुर्कंदा यो विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ । प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैलाई कदर गरिन्छ र उक्त व्यक्तिलाई सुखी राख्न प्रयत्न गरिन्छ । प्रेम विश्वसनीय, निश्छल, सुनिश्चित तथा आत्मविश्वासले पूर्ण अनि दीर्घकालीन हुन्छ । प्रेमी–प्रेमिकाहरू आफ्नो सम्बन्धमा गर्व गर्छन् । प्रेममा शारीरिक पक्ष अलि पछि प्राकृतिक रूपमा र निष्कपटताका साथ आउँछ । प्रेममा आफुले प्रेम गरेको व्यक्तिलाई दुस्ख दिने, समस्यामा पार्ने, लक्ष्यबाट विमुख तुल्याउने र भविष्यमा नकारात्मक असर पार्ने किसिमको क्रियाकलाप गरिँदैन । तपाईंको केटा साथी तपाईंलाई प्रेम गर्ने प्रेमी नै हो कि होइन भन्ने कुरा तपाईंले मात्र निक्र्याल गर्न सक्नुहुन्छ ।

वास्तविक प्रेम नभै भौतिक आकर्षणको मात्र कुरा हो भने त्यसलाई प्रेम भन्न मिलेन । कतिपय व्यक्तिले यौनसम्पर्कका लागि प्रेमको झूटो नाटक वा अभिनय गर्छन् र यौनसम्पर्क गर्ने आफ्नो उद्देश्य पूरा भएपछि सम्बन्धलाई निरन्तरता दिँदैनन् । यौनसम्पर्कको कुरास् यौन आकर्षण हामी सबैमा हुने स्वभाविक कुरा हो । यौनेच्छा एकदमै तीव्र हुने भए पनि प्रायस्जसो नव–युवायुवती यौनसम्पर्क अनि त्यसका असरहरूको सामना गर्न आवश्यक रूपमा तयार हुँदैनन् । अर्को व्यक्तिसँग सम्बन्ध विकास गर्न कति गहिराइसम्म पुगिन्छ भन्ने अनुमान उनीहरू सहजै गर्न पनि सक्दैनन् भने अर्कातिर कतिमा पुगेपछि रोक्नु उचित हुन्छ भन्ने कुरा पनि विवेकपूर्ण रूपमा ठम्याउन सक्दैनन् ।

ज्ञान भए पनि त्यसलाई व्यवहारमा उतार्ने आवश्यक सीप नहुन सक्छ । ग्रामीण होस् वा सहरी समाजमा युवायुवतीहरूले एक–अर्कामा सम्बन्ध विकास गर्ने विभिन्न अवसर प्राप्त हुने वातावरण हुन्छ । यस्तो बेला कसरी सही निर्णय लिने भन्ने सीप हुनु नै मुख्य कुरा हो । यदि यौनसम्पर्कका लागि सबै कुरा ठीक छैन भने यौनसम्पर्क नै नगर्ने निर्णय लिन सक्नुपर्छ । योजनाबद्ध नहुने भएकाले भैपरी हुने यौनसम्पर्कमा जहिले पनि अनिच्छित गर्भ रहने जस्तो दुर्घटनाको जोखिम हुन सक्छ । दबाबमा यौनसम्पर्क गर्नु बुद्धिमानी होइन भन्ने कुरा पनि बुझ्नुपर्छ ।

के पछि हुने श्रीमान्ले पहिले यौनसम्पर्क राखेको थाहा पाउलान् रु पहिलेको प्रेम तथा यौनसम्बन्धका बारेमा चर्चा गरिएन भने तपाईं यस्तो अवस्थाबाट गुज्रनुभएको होला भनेर थाहा पाउन सजिलो छैन । महिला यौनअङ्गको बनावटका सम्बन्धमा पुरुषलाई सामान्य जानकारी हुने भए पनि तपाईंको भगक्षेत्र तथा योनिको बनावट वा स्वरूप यस्तै थियो भन्ने थाहा हुँदैन भने यौनसम्पर्क राखेको थाहा पाउन त झन् गाह्रो कुरा हो । आफ्नो यौनसाथी ‘अक्षत योनि’ वा ‘कुमारी’ हुन् कि होइनन् भन्ने चासो धेरै पुरुषलाई हुन सक्छ तर यो कुरा पत्ता लगाउन भने सजिलो छैन । अहिले योनिच्छद भएरनभएको कुरालाई नै कुमारीत्वको मुख्य आधार बनाउन पनि मिल्दैन ।

तपाईंले विचार गर्नुपर्ने अर्को पक्ष पनि छ । त्यो के भने घरपरिवार, छर–छिमेक अनि समाजले यस्ता सम्भावित सम्बन्धलाई जहिले पनि निकै चासोका साथ नियालिरहेको हुन्छ र गोप्यता वा गोपनीयताको कुरा तुलनात्मक हुनसक्छ । अर्को व्यक्तिसँगको सामीप्यता कसै न कसैले देखेको हुन्छ र यस्ता कुरा सार्वजनिक हुनसक्छ अनि अन्त्यमा उक्त कुरा तपाईंको हुनेवाला श्रीमान्ले पनि थाहा पाउने सम्भावना हुनसक्छ । विचार गर्नुपर्ने अर्को कुरा तपाईंको केटा साथी के–कस्तो स्वभावको हुनुहुन्छ रु तपाईंको केटा साथीसँग सम्बन्ध अघि बढेन अनि उहाँको स्वभाव वा चरित्र ठीक छैन भने उहाँले पनि तपाईंहरूबीचको यौनसम्पर्कलाई चर्चामा ल्याउने खतरा हुन्छ ।

यस्तो जोखिम कति छ भन्ने कुरामा ध्यान पुर्‍याउनुहोला । कतिपय स्थितिमा ऊ भयादोहन गर्न पनि पछि नपर्न सक्छ, तर भयादोहन गर्न नसकोस् भनेर मन बलियो बनाउनुपर्छ । तपाईंमा परिस्थिति खुलस्त भएको स्थितिमा जीवन अघि बढाउने अर्थात् त्यसको सामना गर्ने अठोट छ भने तपाईंलाई भयादोहन गर्न सजिलो हुनेछैन । के गर्ने त रु प्रत्येक व्यक्तिले यौनसम्पर्क राख्ने कि नराख्ने भन्ने निर्णय गर्दा उसको व्यक्तिगत मूल्य–मान्यता, विश्वास तथा अनुभवहरूलाई आधार बनाएको हुन्छ । यौनसम्पर्कका कारण उत्पन्न हुन सक्ने जोखिन वा नकारात्मक असर पुरुषको तुलनामा महिलालाई बढी हुन्छ । त्यसैले पनि यसमा तपाईंले विशेष चनाखो हुनुपर्ने स्थिति छ । अहिलेको सम्बन्ध कत्तिको दिगो हुन्छ भन्ने कुरा विचार नगरी आवेशमा यौनसम्पर्क राख्नुभन्दा त्यसमा केही ढिलाइ गरी सम्बन्धलाई थप परिपक्व हुन दिनु फाइदाजनक नै हुन्छ । तपाईंलाई थाहै होला, कतिपय व्यक्ति पहिले रोजेको वा विवाह गरेको साथीबाट बालबच्चा भैसकेपछि पनि अलग भएर नयाँ सम्बन्ध स्थापित गरेर सुखमय जीवनयापन गरिरहेका छन् ।

तपाईंको मनमा भएको त्रासलाई बढ्न दिनुभयो भने पक्कै पनि त्यसले नकारात्मक असर पार्छ । यो पढ्नुहोस, ‘मर्न नपर्ने पाँच महिला’ सुत्केरी हुन चितवनको भरतपुर अस्पताल गएकी सर्लाही वागमतीकी २६ वर्षीया विना अधिकारीको ८ असोज, चितवन गुञ्जनगरकी २२ वर्षीया सुनु भुजेलको २६ असोज, प्रेमबस्तीकी २१ वर्षीया सुरुची सुवालको २० कात्तिक, नवलपरासी देवचुलीकी २८ वर्षीया शोभा चापागाइँको ४ मंसीर र चितवन गौरीगञ्जकी २२ वर्षीया केशिया महतोको १२ मंसीर मृत्यु भएको थियो । यी मृतकका परिवारलाई अस्पतालले उनीहरूलाई ‘कहीं लगे पनि बचाउन सकिन्नथ्यो’ भन्ने जवाफ दिएर घर पठाएको थियो । अस्पताल प्रशासनले परिवारका सदस्यलाई दिएको जानकारी अनुसार ती सुत्केरीहरूको ज्यान जानुमा अस्पतालको कुनै कमजोरी थिएन ।

बरु उनीहरूकै स्वास्थ्यमा गम्भीर खराबीले यस्तो दुःखद् परिणाम आएको हो । तर तीन महीना भित्र अस्पतालमा सुत्केरी गराउन आएका यी आमा र तिनका बच्चाकोे मृत्युबारे अस्पताल भित्र त्रास फैलियो । यसपछि उसले आन्तरिक रूपमा गोप्य समीक्षा गर्‍यो । समीक्षाको निष्कर्ष गम्भीर निस्कियो । त्यसमा भनिएको छ, “उनीहरूको मृत्यु हुनुमा अस्पतालकै कमजोरी छ, सबैलाई बचाउन सकिन्थ्यो ।” ज्यान गुमाएका प्रत्येक महिलाको व्यक्तिगत समीक्षापछि अस्पतालले परिवार स्वास्थ्य महाशाखा, काठमाडौंमा पठाएको मृत्यु समीक्षा फारम ९डेथ रिभ्यू फर्म० ले बचाउन सकिने ती सुत्केरी महिलाको मृत्यु अस्पतालकै कमजोरीले भएको पुष्टि गर्छ ।

खोज पत्रकारिता केन्द्र लाई प्राप्त ती प्रमाणअनुसार ‘गौरीगञ्जकी केशिया, प्रेमबस्तीकी सुरुची र सर्लाहीकी विनाको अस्पतालका विभिन्न विभागका चिकित्सकको बीचमा राम्रो समन्वय र आन्तरिक सञ्चार नहुँदा मृत्यु भएको’ भनेर अस्पतालले स्वीकारेको छ । शल्यक्रियापछि होशमा आइसकेको अवस्थामा अकस्मात् मिर्गौलाले काम नगरेपछि केशियालाई के–कस्तो उपचार गर्ने भन्ने बारेमा उपचारमा संलग्न चिकित्सकहरूबीच अन्तरविभागीय समन्वय हुन नसक्दा उनको मृत्यु भएको थियो । “बहुविभागीय विशेषज्ञ ९जस्तै नेफ्रोलोजी इकाई० उपलब्ध भएको भए उनलाई बचाउन सकिन्थ्यो” अस्पतालले गरेको समीक्षाको निष्कर्ष छ ।

सोही अस्पतालमा नियमित जाँच गराउँदै आएकी केशियालाई अस्पतालले २२ मंसीरमा सुत्केरी हुने दिन तोकेकोमा उनी १० मंसीर नै अस्पताल पुगेकी थिइन् । जाँचपछि डाक्टरहरूले प्रेसर हाई ९उच्च रक्तचाप० रहेछ, औषधि खाएर तुरुन्त अपरेशन गर्नुपर्छ भन्दै त्यसै दिन शल्यक्रियाबाट बच्चा निकालिदिएका थिए । परिवारका सदस्यहरूले बताएअनुसार उनी घरबाट आफैं चोकसम्म हिंडेर सार्वजनिक भ्यान चढेर अस्पताल गएकी थिइन् । शल्यक्रियापछि ‘पोष्ट अपरेटिभ वार्ड’ र ‘आईसीयू’ मा राख्दा उनलाई भिरुलेन्ट इन्फेक्सन ९कडा खालको विषाक्त संक्रमण० भएको अस्पतालको समीक्षा प्रतिवेदनले स्वीकार गरेको छ ।

जसका कारण सेप्टिक सक ९रगतमा विष फैलने काम० भएको थियो । समीक्षा प्रतिवेदनमा ‘अस्पतालमा आपत्कालीन अवस्थामा आवश्यक पर्ने जनशक्ति उपलब्ध नहुनु’ उनको मृत्युको अर्को कारण भनिएको छ । केशियाको शल्यक्रिया स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा विभागीय प्रमुख डा। सुनिलमणि पोखरेलले गरेका हुन् । शल्यक्रिया टोलीमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। हेमनाथ सुवेदी, एनेस्थेसिस्ट डा। प्रदीप अधिकारी पनि संलग्न थिए । सुरुचीलाई पनि ‘आईसीयूमा अनुभवी चिकित्सकको टोली भएको भए र विभिन्न विभागहरूको बीचमा सही तरीकाले सूचना आदानप्रदान भएको भए बचाउन सकिन्थ्यो’ भन्ने अस्पतालको समीक्षा दस्तावेजको निष्कर्ष छ ।

अस्पतालले शल्यक्रियापछि ‘पोष्ट अपरेटिभ वार्ड’ मा राख्दा ‘सुरुचीमाथि निगरानी नपुगेको’ स्वीकारेकोे छ । शल्यक्रियापछि ‘सक’ ९अत्यधिक रक्तस्रावपछि बेहोश हुनु र हातगोडा चिसो हुनु० अवस्थामा पुग्नुअघि समयमै हेरचाह नगर्दा सुरुचीको मृत्यु भएको थियो । अस्पतालको अभिलेखमा ‘सुरुचीको ‘सक’ पहिचान नभएको र रक्तस्राव नरोकिएपछि दोस्रो अपरेशनको तयारी तत्काल गर्न नसक्दा’ उनको मृत्यु भएको उल्लेख छ । उनको शल्यक्रियामा सर्जन डा। मन्जु पाण्डे, एनेस्थेसिस्ट डा। प्रदीप अधिकारीलगायत संलग्न थिए । अपरेशन गरेर पोष्ट अपरेटिभ वार्डमा पु¥याउँदा समेत रगत बग्न नरोकिएपछि उनको अवस्था गम्भीर भएको थियो ।

उनको उपचारमा डा। जीवन परियार, डा। रामहरि ढकाल लगायतको टोली सामेल थियो । सर्लाही वागमतीकी विना पनि अस्पतालमा समयमै सही उपचार पाएको भए बाँच्ने महिला हुन् । अस्पतालको समीक्षा अनुसार, उनको मृत्यु हुनुको कारण पनि ‘अस्पतालका विभागहरूको बीचमा सूचना प्रवाह राम्रोसँग हुन नसक्नु’ हो । उनलाई ‘आईसीयूमा राख्दा राम्रो हेरचाह नपुगेको’ अस्पतालको आन्तरिक समीक्षा रिपोर्टले स्वीकार गरेको छ । तर, मृत्युपछि उनका आफन्तलाई उपचारमा संलग्न चिकित्सकहरूले ‘मुटु र कलेजो फेल भएर आमा र बच्चा दुवैलाई बचाउन नसकिएको’ बताएको थियो । अस्पतालले तयार गरेको गोप्य अभिलेख अनुसार चितवन गुञ्जनगरकी सुनु र नवलपरासी देवचुलीकी शोभा पनि सुरक्षित प्रसूति सेवा लिन अस्पताल जाँदा ज्यान गुमाएका ‘बाँच्ने सम्भावना भएका’ महिला हुन् । स्वास्थ्य मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाका अनुसार, कुनै सुत्केरीको मृत्यु भएमा मातृ मृत्यु समीक्षा फारम भरेर ७२ घण्टा भित्र मन्त्रालयमा पठाइसक्नुपर्छ । भरतपुर अस्पतालले पनि यस्तो फारम केन्द्रमा बुझाएको छ ।  हिमालय दैनिक    



बुधबार १८, बैशाख २०७६ १०:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal