दार्चुलाको नौगाडबासीहरुलाई ग्लोबल आइएमइ बैंकले राहत उपलब्ध

युग संवाददाता     231 पटक पढिएको    

दार्चुलाको नौगाडबासीहरुलाई ग्लोबल आइएमइ बैंकले राहत उपलब्ध

दार्चुला / भदौको अन्तिम साता आएको पहिरोमा परेका दार्चुलाको नौगाडबासीहरुलाई ग्लोबल आइएमइ बैंकले राहत उपलब्ध गराएको छ । भदौ २४ गतेको पहिरोमा परी पूर्ण रुपमा घर क्षति भएका १० परिवारका लागि राहत उपलब्ध गराएको र सो राहत गाउँपालिका मार्फत वितरण गरिएको ग्लोबल आइएमइ बैंक नौगाड शाखाका म्यानेजर भरतबहादुर साउँदले बताए ।

पीडित परिवारहरुका लागि प्रति परिवार ७५ केजी चामल, ५ केजी दाल, डेढ लिटर तेल, ३ केजी नुन र ६ साबुन उपलब्ध गराएको उनले बताए । ती सामग्रीहरु पीडित परिवारलाई गाउँपालिकाले हस्तान्तरण गरिसकेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत पहिरो पीडितहरुलाई राहत उपलब्ध गराएको म्यानेजर साउँदले बताए । आगामी दिनमा पनि बैंकका तर्फबाट सहयोग हुने उनले बताए ।

पहिरो पीडितहरुलाई गाउँपालिकाले आफ्नो तर्फबाट पनि राहत वितरण गरेको र अन्य सहयोगीहरुलाई पनि आग्रह गरिरहेको गाउँपालिका अध्यक्ष दलजितसिंह धामीले बताए ।



मङ्गलबार ११, असोज २०७९ ०९:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.