बंगलादेश डुंगा दुर्घटना प्रकरण : मृत्यु हुनेको संख्या ५१ पुग्यो

युग संवाददाता     148 पटक पढिएको    

बंगलादेश डुंगा दुर्घटना प्रकरण : मृत्यु हुनेको संख्या ५१ पुग्यो

एजेन्सी, बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरु बोकेको एउटा डुंगा पल्टिदा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । दुर्घटनामा अझै केही  वेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ ।

खचाखच तीर्थयात्राले भरिएको  उक्त डुंगा बोडा सहर नजिकै कारोटोआ नदीको तटमा डुंगा अचानक डुबेर डुबेको थियो । अग्निनियन्त्रकहरू र गोताखोरहरूले थप शवहरूको खोजी गरिरहेका प्रहरीले जनाएको छ ।

डुंगामा झन्डै १०० जना यात्रु रहेका थिए । क्षमताभन्दा बढी यात्रुका कारण सो डुंगा दुर्घटनामा परेको अनुमान गरिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ । 



मङ्गलबार ११, असोज २०७९ ०६:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.