बैतडीको पाटन नगरपालिकाले बजार अनुगमनमा निरन्तरता

युग संवाददाता     225 पटक पढिएको    

बैतडीको पाटन नगरपालिकाले बजार अनुगमनमा निरन्तरता

बैतडी / बैतडीको पाटन नगरपालिकाले बजार अनुगमनमा निरन्तरता दिएको छ । नगर उपप्रमुख कमलसिंह बोहराको संयोजकत्वमा रहेको अनुगमन समितिले गएको दुई महिनामा दुई पटक बजार अनुगमन गरेको छ ।

कम्तीमा महिनाको एक पटक बजार अनुगमन गरेर उपभोक्ता हित संरक्षणका लागि स्थानीय सरकारले पहल गरिरहेको उपप्रमुख बोहराले बताए । पछिल्लो पटक असोज पहिलो साता नगर क्षेत्रभित्रका विभिन्न बजारमा अनुगमन गरिएको बोहराले बताए ।

चाडपर्वका समयमा म्याद नाघेका सामग्री विक्रि हुन सक्ने, कालोबजारी हुन सक्ने कुरालाई मध्यनजर राखेर बजार अनुगमन गरिएको उपप्रमुख बोहराले बताए । उनले भने, ‘हामीले गौरा पर्वमा बजार अनुगमन तथा पसल नवीकरण र दर्ता अभियान चलाएका थियौ । अहिले छुटेका पसल अनुगमन गरिरहेका छौं ।’

बजार अनुगमनका क्रममा भेटिएका म्याद नाघेका सामग्री बरामद गरेर नष्ट गरिएको बताइएको छ । स्थानीय तहभित्रका बजार अनुगमन गर्ने अधिकार अहिले स्थानीय तहहरुलाई छ । बजार अनुगमन गरेमा उपभोक्ता र व्यापारी दुवै आफ्ना अधिकार र कर्तव्यका बिषयमा जानकार हुने भएकाले स्थानीय तहहरुले यस्तो कार्यलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।



मङ्गलबार ११, असोज २०७९ ०६:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.