नेपाल र बंगलादेशबीचको मौत्रिपूर्ण खेल आज ​ प्रतिष्पर्धा हुने

युग संवाददाता     200 पटक पढिएको    

नेपाल र बंगलादेशबीचको मौत्रिपूर्ण खेल आज ​ प्रतिष्पर्धा हुने

काठमाडौं /  अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा नेपाल र बंगलादेशबीच आज ​ प्रतिष्पर्धा हुने भएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल  बेलुका साढे ५ बजे सुरु हुनेछ ।

नेपाल र बंगलादेशबीच विभिन्न प्रतियोगिता र मैत्रीपूर्ण खेलमा गरी २४ पटक प्रतिष्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।

यस खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले भीआईपीका लागि ५ हजार रुपैयाँमा टिकट बेच्ने भएको छ । एन्फाका महासचिव किरण राईका अनुसार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि ८० वटा टिकटको मूल्य ५ हजार रुपैयाँ तोकिएको हो । 



मङ्गलबार ११, असोज २०७९ ०१:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.