डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

युग संवाददाता     193 पटक पढिएको    

डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

काठमाडौं / नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । गत साउन महिनामा पहिलोपटक डेंगु पुष्टि भएयता यो सात प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ ।

मन्त्रालयका अनुसार देशभर २५ हजार ५४३ जनामा सङ्क्रमण पुष्टि भएको छ । सबैभन्दा बढी बागमती प्रदेशमा १९ हजार ९१० जना सङ्क्रमित भएका छन् भने लुम्बिनी प्रदेशमा सङ्क्रमितको सङ्ख्या २ हजार ८८९ पुगेको छ । नेपालमा वि।सं। २०६१ मा पहिलोपटक डेंगुको सङ्क्रमण देखापरेको थियो ।



सोमबार १०, असोज २०७९ ०१:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.