प्रतिनिधिसभाका आकांक्षी भण्डारीद्धारा चुनावी घोषणापत्र सार्वजनिक

युग संवाददाता     240 पटक पढिएको    

प्रतिनिधिसभाका आकांक्षी भण्डारीद्धारा चुनावी घोषणापत्र सार्वजनिक

धनगढी असोज ५ । आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा नेपाली काँग्रेस कैलाली क्षेत्र नं। ५ का संघीय सांसदका उम्मेदवार युवा नेता क्षितिज भण्डारीले चुनावी घोषणापत्र सार्बजनिक गरेका छन् ।
उनले बुधबार नेपाली काँग्रेसका पूर्ब पार्टी सभापति गोबिन्दराज जोशी द्वारा ‘बेल को रुख’ प्रदान गर्दै चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
घोषणा पत्र सार्वजनिक गर्दै जोशीले युवापुस्तालाई पार्टीले टिकट दिएमा मात्रै कांग्रेसको बिजय हुने बताउँदै समाजसेवी युवानेता क्षितिज भण्डारीको स्मार्ट चुनावी प्रचार शैलीले जनताको मन जित्ने बिश्वास व्यक्त गरे ।
कैलाली क्षेत्र नं।५ बाट निर्बिरोध महासमिति सदस्य रहेका भण्डारीले आफ्नो सम्पर्क कार्यालय खोलेर पछिल्लो एक बर्षदेखि घरदैलो अभियानलाई तीब्रता दिएका छन् । 
उनले संघीय संसदमा बिजय भएपश्चात  तलब भत्ता र गाडी सुविधा नलिने बताए । उनले धनगढी उपमहानगरपालिका सबै वडामा घोषणापत्र सहित घरदैलो गर्न नेताकार्यकर्तालाई अनुरोध गरेका छन् ।
नेबिसंघका पुर्ब कार्यबहाक केन्द्रिय अध्यक्ष रहेका भण्डारीले आफूलाई पार्टी केन्द्रिय सभापति शेरबहादुर देउवाले यो पटक उम्मेदवार बनाउने कुरामा बिश्वस्त रहेको बताए । 


यस्तो छ भण्डारीको चुनावी घोषणापत्र 
हाम्रो कैलाली जिल्ला विश्वकै अदभूत संम्भावना बोकेको शहर भएता पनि दुरदर्शी राजनेताको अभावमा दिगो विकास र समृद्धीको लक्ष्य प्राप्त गर्न नसकेको देखिन्छ । हाम्रो जिल्ला भारतको उत्तरप्रदेश राज्यको २६ करोड जनसंख्यालाई कैलालीतर्फ पर्यटकको रुपमा आर्कषित गरी मासिक अर्बौ रुपिया आम्दानी गर्न सक्ने अवस्थामा रहेको म प्रमाण दिन सक्छु । चिसो पहाडी क्षेत्र देखि सम्म समथर भुमी ओगटेर बसेको कैलाली नेपालमै सर्वाधिक बनजंगल, अन्न उत्पादन, नदीनाला, दलदल क्षेत्र मात्र होइन साना नदीमा पनि डल्फिन माछा पाईने जिल्लाका रुपमा चिनिन्छ । हाम्रो जिल्लाको चारैतिर भएको ४ वटा नेशनलपार्क र ४ वटा ठुला नदिहरु विश्वमै दुलर्भ जिल्ला रहेको मेरो लिखित ठोकुवा रहेको छ । वर्दिया राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र दुदुवा नेशनलपार्क अनि ४ ठुला नदीहरु कर्णाली, सेती, महाकाली, शारदा नदी मिलेर बनेको विश्वकै अनुपम भूमी ज्भबखभलक या तजभ ध्यचमि हुनाले यहाँका पवित्र देवी देबताका मन्दिर, पार्क, ताल, बिदेशी सामान खरिद गर्ने देखि मनोरम प्राकृतिक सुन्दरको आनन्द लिने प्याकेज सहित भारतीय पर्यटकहरुलाई आर्कषित गरेर जनताको जिवनस्तरलाई नेपालकै उदाहरणीय जिल्ला निर्वाचन क्षेत्र बनाउने भिजन सहित मैले उम्मेदवारी दिएको छु । मेरो बाजे स्व। डिल्लीराज भण्डारीले १८६ बिगाह जग्गा मालपोत कार्यालयमा रजिष्ट्रिशन पास गरी धनगढी उपमहानगरपालिका–६ मा बासुदेवी उच्च माध्यमिक विद्यालय, बौनियामा रघुनाथ आदर्श बहुमुखी क्याम्पस, निरौलीमा रघुनाथ उच्च मा।वि। स्थापना गर्नु भएको यहाँलाई अबगत नै छ । बाजे स्व।डिल्लीराज भण्डारीले धनगढीको विकास गर्न एयरर्पोट, कर्भडहल, प्रहरी चौकी, स्वास्थ्य केन्द्र, क्याम्पस र पार्कहरु निर्माणका लागि अर्बोको जग्गा निस्वार्थ प्रदान गर्नु भएको इतिहास सर्बविधितै छ । उहाँकै पथमार्गका हिडेर मैले पनि विभिन्न सामाजिक, धार्मिक, मन्दिर र  संघसंस्थालाई करोडको जग्गा, कक्ष निर्माण देखि लाखौ नगद सहयोग गरेको यहाँहरुले मूल्यंकन गरिराख्नु भएको छ । म धनगढीमै जन्मीएर यहीको स्कूल र क्याम्पस पढेर, लोकतान्त्रिक आन्दोलनमा मरणासन्न घाइते हुदै यहीको जेलमा पटक प्रकाउ परेको इमान र निष्ठाको राजनीति गरिरहेको इतिहाससंग सबै जानकार नै हुनुहुन्छ । मैले बाढी पहिरो, आगलागी देखि कोभिड सम्म सामाजिक सेवामा मन कर्म र बचनले सेवा गरेको कुरा स्थानीय जनसमुदायले नजिकबाट नियाल्नु भएको छ । १० बर्ष अघि नै आजीवन तलव र गाडी सुविधा नलिने र भ्रष्टचार नगर्ने भनी मन्दिरमा कसम खाएर सांसद उम्मेदवारको रुपमा सबैको अमुल्य मतमागेर हिडिरहेकोले पार्टीले मुल्यांकन गरेर टिकट दिनेमा ढुक्क छु । 
मलाई हजुरहरुले अमूल्य मत दिएर निर्वाचित गर्नु भयो भने म बजेट निर्माण नै जनताको मैदानबाट जनमत प्राथमिकता आधारमा बिनियोजित गर्दै निम्न कामहरु पनि गर्ने प्रतिबद्धता गर्दछु ।  
    नयाँ भिजन सहित सबै फ्रेस युवाहरुको आवाज संसदमा वुलन्द गर्दै भ्रष्टचार नियन्त्रण सहित रोजगारीको ग्यारेन्टी गर्नेछु ।
    सुदुरपश्चिम प्रदेशको अस्थायि राजधानि धनगढीलाई समृद र विकशित धनगढी महा–नगरपालिका 
बनाउनेछु । 
    लागु पदार्थ विरुद्र कडा अभियान चलाई निशुल्क रिहाब सेन्टर निर्माण गर्ने, सिमानामा कडाई गरिनेछ ।
    शिक्षा, स्वास्थ्य औषधि उपचार र राज्यको सबै तहमा नागरिकको समान पहुच सुनिश्चीत गर्ने धनगढी विमानस्थल र गौरीफन्टा नाका को स्तरोन्नती गरी अन्तराष्ट्रिय स्तरको सहरको रुपमा धनगढीको अत्याधुनिक विकास को मोडल बनाई ५ वर्ष भित्रै घोषणपत्र बमोजिम कार्य सम्पन्न गर्नेछु  ।
    स्थानिय तरकारी, फलफुल, पशुपंक्षी, दुध, जडिबुटी आदि उत्पादन लाई वढावा दिदै, स्थानिय उद्योग व्यावसायलाई प्रर्वद्धन गर्दै, स्थानिय कच्चा पदार्थको खपत अभिबृद्धि गर्न सुदुरपश्चिम प्रदेश स्तरीय  औद्योगिक करीडोर र ठुलो कोल्ड स्टोरेज निर्माण गर्नेछु ।
    सेती प्रदेशीक अस्पताल को स्तरोन्नती गरी अन्तराष्ट्रिय स्तरका अस्पतालको रुपमा विकास गर्र्नेछु । 
    यस क्षेत्रमा मन्दिर, खोलानाला, बनक्षेत्र र धार्मीक, सास्कृतिक साहित्यिक सम्पदाहरुको संरक्षण गर्नेछु  ।
    धनगढीमा सुविधा सम्पन्न अन्तराष्ट्रिय स्तरको खेल मैदान निर्माण गर्ने सुविधा सम्पन्न मनोरञ्जन पार्क, आधुनिक संग्रालय, र चिडीयाखाना निर्माण गर्नेछु  ।
    यो सिमानाका भएकोले सुविधा सम्पन्न अन्तराष्ट्रिय स्तरको आधुनिक वसपार्क को निमार्ण गर्नेछु  ।
    धनगढीको शान्ति सुरक्षालाई सबै वडामा प्रहरी चौकी निर्माण एवं सि।सि। टिभी क्यामरा जडान गर्नेछु  ।
    सबै वडा र सार्वजनिक मुख्य स्थानहरुमा निशुल्क वाई फाई एटिएम स्टेसन, पार्क, यात्रु प्रतिक्षालयको व्यावस्



बुधबार ०५, असोज २०७९ १२:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.