डा केसीलाई काठमाडौं लैजाने सरकारको प्रयास

युग संवाददाता     263 पटक पढिएको    

डा केसीलाई काठमाडौं लैजाने सरकारको प्रयास

 

धनगढी असोज ४ नौ दिनदेखि आमरण अनसनरत डा  गोविन्द केसीलाई काठमाडौं ल्याएर थप उपचार गर्न सरकार प्रयासरत रहेको छ । डा। केसी धनगढीमा आमरण अनसनरत छन् । उनी केही दिनदेखि त्यहाँको अस्पतालमा रहेर उपचाररत छन् । 

काठमार्डौं ल्याउने भनिएपछि नेपाली सेनाको जहाज धनगढी एयरपोर्टमा पुगिसकेको छ । तर उनी भने काठमाडौं आउन राजी छैनन् । उनका सहयोगीहरुका अनुसार केसीले भोलि साँझ आफै काठमाडौं आउने तर आज भने कुनै पनि हालतमा नआउने बताएका छन् । 

यदि जबरजस्ती गरेमा यसलाई अपहरण मान्ने भन्दै डा। केसीले त्यसविरुद्ध लड्ने बताएका छन् । 

उनको स्वास्थ्य भने बिग्रदो छ । यता सरकार र डा। केसीका प्रतिनिधिबीच छलछल जारी छ । डा। केसी सहज स्वास्थ्य शिक्षाका लागि बीसौं पटक आमरण अनसनमा बसेका हुन्। 



मङ्गलबार ०४, असोज २०७९ १०:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.