कांग्रेस प्रेस स्वतन्त्रता र पत्रकारको हकहितमा कटीबद्ध छः जिल्ला सभापति भट्ट

युग संवाददाता     427 पटक पढिएको    

कांग्रेस प्रेस स्वतन्त्रता र पत्रकारको हकहितमा कटीबद्ध छः जिल्ला सभापति भट्ट

 

१९ भदौ, २०७९ लम्की  नेपाली कांग्रेस कैलाली जिल्ला सभापति नारायणदत्त भट्टले प्रेस स्वतन्त्रता र पत्रकारको हकहितमा आफु कटीबद्ध रहेको बताउनु भएको छ । नेपाल प्रेस युनियन लम्की शाखामा आबद्ध युनियनकर्मि पत्रकार संग अन्र्तक्रिया कार्यक्रममा बोल्दै सभापति भट्टले नेपाली कांग्रेस प्रेस स्वतन्त्रता र पत्रकारको हकहितमा कटीबद्ध रहेको स्पष्ट पार्नु भएको थियो । पत्रकारले उठाएका बिभिन्न सवालको जवाफ दिदै सभापति भट्टले जिल्लाको बिभिन्न क्षेत्रमा मोफसलमा रहेका पत्रकार र साना लगानीमा सञ्चालन गरीएका स्वरोजगार मुलक मिडिया हाउसले ग्रामिण क्षेत्रको विकासका लागि सशक्त भुमिका खेलेकोमा धन्यबाद दिदै त्यस्ता मिडिया र यस क्षेत्रका सञ्चारकर्मिका बिभिन्न समस्याहरु संबोधनका लागि आफु र आफ्नो पार्टीले सक्दो प्रयास गर्ने बताउनु भयो । आसन्न मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्बाचनलाई लक्षित गदै देशमा लोकतान्त्रीक गणतन्त्रलाई संस्थागत गर्न नेपाली कांग्रेस सहितको गठबन्धनलाई जिताउनका लागि आम जनतालाई आग्रह समेत गर्नु भएको थियो । संबिधान रक्षाको लागि अहिलकोे गठबन्धन सरकारको आवश्यक रहेको बताउदै नेता भट्टले यसलाई निरन्तरता दिन पत्रकारको भुमिका झनै महत्वपुर्ण हुने बताउदै सहयोगका लागि आग्रह समेत गर्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका सुदुरपश्चिम समिति कोषाध्यक्ष उत्तम कठायतले लोकतन्त्र रक्षाको लागि देशमा नेपाली कांग्रेस सहित गठबन्धनले जित्नै बताउनु भयो ।। कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति भिम बडुवालले नेपाली कांग्रेस सधै पत्रकारको हक र हितको लागि प्रतिबद्ध रहेको बताउनु भयो । नेपाली कांग्रेसका जिल्ला सचिव केशव मिश्रले नेपाली कांग्रेस र प्रेस युनियन बिचको सम्बन्ध सुमधुर भएमात्र लोकतन्त्रलाई बलियो र दिगो बनाउन सकिने बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेस कैलालीका प्रचारर प्रसार बिभाग प्रमुख तपेन्द्र भुषाल, नेपाली कांग्रेसका नेता महासमिति सदस्य युवा नेता कमल बहादुर शाह, नेता मोहनसिंह राठौर, जिल्ला सदस्य तथा संगठन बिभाग प्रमुख देवानन्द जैशी, जिल्ला सदस्य देवकी कार्की, नेपाल प्रेस युनियन लम्की शाखाका संस्थापक सभापति रंगप्रसाद तिमिल्सैना लगायत पदाधिकारी तथा यस क्षेत्रका युनियनकर्मि पत्रकारहरुले यस क्षेत्रका पत्रकारका समस्या, समसामहिक बिकास निमार्णका साथै जनजिविकाको बिषयमा समेत आफ्ना धारणहरु राखेका थिए ।

No description available.



आइतबार १९, भदौ २०७९ ०१:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal