देशभरीका ७० प्रतिशत ईटा उद्योग उत्पादन बन्द गर्ने अवस्थामा छन् ः अध्यक्ष चन्द

युग संवाददाता     345 पटक पढिएको    

देशभरीका ७० प्रतिशत ईटा उद्योग उत्पादन बन्द गर्ने अवस्थामा छन् ः अध्यक्ष चन्द

 

धनगढी भदौ १९ /कोरनाका कारणले देशभर रहेका झन्डै आधा दर्जन भन्दा बढी ईटा उद्योग धरासायी भएका छन् । कोभिडका कारणले ईटा उत्पादन क्षेत्रमा नराम्ररो प्रभाव परेको छ । देशभर १२ सय ईटा उद्योग रहेकोमा ४ सय ईटा उद्योग बन्द  भएको अध्यक्ष चक्र बहादुर चन्दल बताए । उनले भने तेलको भाउ बढीरहेका  कारणले पनि ईटा उत्पादन गर्नमा कठिन समस्या रहेको बताए ।
 उनका अनुसार हामीहरुले उत्पादन गरेको ईटा भ्याट सहित  १४ रुपियामा विक्रि वितरण गरेका छौं उनले भने बैंकले बढाएको व्याजदरले गर्दा हामी ईटा व्यवसायी थप र्माकामा परेकाले बैंकले व्याजदर वृद्धि गरी डबल डिजिट  कायम गर्दा सरल कर्जा पाउन कठिन भएको अध्यक्ष चन्दले गुनासो गरे उनले भने , ईटा व्यवसायले देशको अर्थतन्त्रमा उल्लेखिनीय योगदान गरेको छ । उद्योगहरुमा थप लगानी गर्न नक्सदा बैंकले लगानी नगर्दा देशभरीका ७० प्रतिशत ईटा उद्योगहरुले उत्पादन बन्द गर्ने अबस्थामा पुगेको बताए । नेपाल सरकारले विकास पुर्वाधारमा लगानी नगरे देशभरका करिव ८ सय ईटा उद्योगहरु धरासायी हुनुका साथै उद्योगहरु बन्द गनुपर्ने अबस्था आउने उनले बताए । ईटा उद्योगहरुले प्रत्यक्षय रुपमा ३ लाख अप्रत्यक्षय रुपमा ३ लाख गरी ६ लाख नेपाली कामदारहरुलाई रोजगारीको सिर्जना गरेको जानकारी दिए । दक्ष जनशक्त उत्पादन गर्न ईटा व्यवसायले सिटिभिटी संग छलफल गरेको पनि जानकारी दिए । वतावरण मैत्री गुणस्तरीय ईटा विकासको आधार  नेपाली माटो नेपाल मै रोजगारी भन्ने मुल नाराका साथ नेपाल उद्योग महासघंको १४ औं वार्षिक साधारण सभा धनगढीको रुवस होटलमा हुने भएको छ । आईतवार धनगढीमा पत्रकार सम्म्ोलनको आयोजना गरी आयोजकले जानकारी दिएको हो । कार्यक्रका प्रमुख अथिति नेपाल सरकारका उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु रहने आयोजक समितिले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।



आइतबार १९, भदौ २०७९ १२:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.