विमानस्थलमा प्रहरीको दादागिरी, यात्रुमाथि कुटपिट

युग संवाददाता     210 पटक पढिएको    

विमानस्थलमा प्रहरीको दादागिरी, यात्रुमाथि कुटपिट

 


धनगढी  / पाँच लाख नगद किन बोकेको भन्दै धनगढी विमानस्थलमा एक यात्रु प्रहरीको टोलीबाट कुटिएका छन् ।

कञ्चनपुरको बेल्डाडी गाउँपालिका वडानम्बर ३ घर भएका २२ वर्षीय नरेश गिरीलाई प्रहरी टोलीले शनिबार दिउँसो कुटपीट गरेको हो । उनको आँखामा चोट देखिन्छ ।

उनी १२ बजेको श्री एअरलाईन्सबाट काठमाडौ जान थालेका थिए । प्रहरीले पैसा लिन नदिएपछि उनको जहाज पनि छुटेको छ ।

पीडित गिरीका अनुसार आफन्तलाई पैसा दिन बोलाउदाबोलाउदै जहाज छुट्यो । साँझको फलाइटमा टिकट मिलाउन खोज्न जाँदा प्रहरीको समूहले एक्कासी कुटपीट गरेको थियो ।

गिरीका अनुसार शुरुमा वरिष्ठ प्रहरी हवल्दार कृष्णबहादुर पाण्डेको टोलीले कुटपीट गरेका हुन। त्यसपछि अरु प्रहरीले पनि कुटपीठ गरे । मलाई श्री एअरलाइन्सको काउन्टरबाट कुटपीट गरेर टर्मिनल भवन बाहिर रहेको प्रहरी इन्चार्जको कोठामा लगेर पनि कुटियो । कुटेको कुरा बाहिर भनेपछि जेल हाल्ने धम्की दिएका छन् ।

मलाई प्रहरीलाई गाली गरेको भनेर कुटे, मैले गाली गरेको छैन , सिसिटिभी फुटेजमा हेरे पनि हुन्छ ।

कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले कसैलाई पनि कुट्न पाइदैन,,घट्ना बारे जानकारी लिइरहेको छु , गल्ती गर्ने प्रहरीलाई नियमावली अनुसार कार्वाही हुने बताए ।

गिरी बैदेशिक रोजगारीका लागि काठमाडौ जादै थिए ।



शनिबार १८, भदौ २०७९ ११:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.