पुनर्वास १ मा रहेको राना थारु सङ्ग्रहालय नगरपालिकालाई हस्तान्तरण

युग संवाददाता     346 पटक पढिएको    

पुनर्वास १ मा रहेको राना थारु सङ्ग्रहालय नगरपालिकालाई हस्तान्तरण

कञ्चनपुर / कञ्चनपुरको  पुनर्वास नगरपालिका वडा नम्बर १ भकुण्डमा रहेको राना थारु सङ्ग्रहालय पुनर्वास नगरपालिकाको मातहतमा रहने गरी हस्तान्तरण गरिएको छ ।

सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागको आर्थिक सहयोगमा निर्माण भएको सङ्ग्रहालय  बिहीबार एक कार्यक्रमका बिच पुनर्वास नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

पुनर्वास नगरपालिका वडा नम्बर १ भकुण्डमा कुल ६ करोड ३१ लाख ७२ हजार २ सय ३५ रुपैयाँमा निर्माण सम्पन्न भएको राना थारु सङ्ग्रहालयलाई पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले  पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्मालाई नगरपालिकाले संरक्षण र उपयोग गर्ने गरी हस्तान्तरण गरेका हुन् । 

आन्तरिक तथा बाह्य पर्यटकका लागि  राना थारु समुदायको आस्थाको धरोहरका रूपमा रहेको  पुनर्वास नगरपालिका वडा नम्बर १ भकुण्डमा रहेको सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागको सहयोगमा  एक तले  ६  ओटा भवन साखया कम्पाउन्ड सहित आर सी सी  स्ट्रक्चर सहितको  सङ्ग्रहालय भवन अत्याधुनिक सुविधा सम्पन्न परम्परागत शैलीमा निर्माण गरिएको छ ।

सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सिडिई  सचेन्द्र कुमार यादव  र  नेपाल राना थारु सस्कृती संरक्षण समितिका अध्यक्ष बिश्रम रानाको रोहवरमा पर्यटक विभागले  पुनर्वास नगरपालिकालाई उक्त सङ्ग्रहालय भवन जिम्मा लगाएको थियो। 

नेपाल राना थारु सस्कृती संरक्षण समितिका अध्यक्ष बिश्रम रानाका अनुसार सङ्ग्रहालयमा राना थारु समुदायले प्रयोग गर्ने पुराना पुस्ताले प्रयोग गरी लोपनुमुक सामान  देखि वर्तमान पीढी सम्मकाले प्रयोग गर्ने सामानहरू राखिने बताए ।  



शुक्रबार ०३, भदौ २०७९ १०:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal