आज एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज

युग संवाददाता     309 पटक पढिएको    

आज एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज

काठमाडौं / आज एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज एकसाथ तीनवटा नेपाली चलचित्र रिलिज भएका हुन् ।  परिच्छेद सेनको ‘प्रेमगञ्ज’ आज रिलिज भएको छ । यसमा तेज गिरी, बेनिशा हमाललगायत कलाकार मुख्य भूमिकामा छन् ।

दीपक ओलीको ‘कृष्ण लीला’ पनि आजै रिलिज भएको छ । यो चलचित्रमा पुष्प खड्का र श्रद्धा क्षेत्री मुख्य भूमिकामा छन् । आजै ‘माइल अधिकारी’ पनि रिलिज भएको छ । रञ्जित गुप्ताले निर्देशन गरेको चलचित्रमा सौगात मल्ल र श्रृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् ।  



शुक्रबार ०३, भदौ २०७९ १०:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.