माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, आजै पदाधिकारी टुंगो लगाउने तयारी

युग संवाददाता     193 पटक पढिएको    

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, आजै पदाधिकारी टुंगो लगाउने तयारी

काठमाडौं / नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८:३० मा बस्नेछ ।

यसअघि बिहीबार बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तता र संसद् बैठक लम्बिएको कारण स्थगित भएको थियो । आजको बैठकबाट पदाधिकारीलाई अन्तिम रूप दिने माओवादीले जनाएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ । 

बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो । 



शुक्रबार ०३, भदौ २०७९ ०७:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.