धनगढी १८ को वडा कार्यालयमा तालाबन्दी

युग संवाददाता     181 पटक पढिएको    

धनगढी १८ को वडा कार्यालयमा तालाबन्दी

धनगढी / कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर–१८को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

वडा कार्यालयले राजनीतिक पूर्वाग्रही राखी ज्यालादारी कर्मचारीलाई निकालेको भन्दै स्थानीय राजनीतिक दल र स्थानीय वासीले तालाबन्दी गरेका हुन् ।

उक्त वडामा ज्यालादारी कर्मचारीको रुपमा रामप्रसाद चौधरी र सहवीर खड्कालाई कामबाट हटाएर अरू कर्मचारी राखेको भन्दै स्थानीय जनता र राजनीतिक दलहरूले विरोधसँगै तालाबन्दी गरेका हुन् ।

यता धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालले नगरसभाले गरेको निर्णयलाई लिएर वडा कार्यालयमा तालाबन्दी गर्नु गलत भएको बताएका छन् ।  



बिहिबार ०२, भदौ २०७९ ०८:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.