अटोलाई बसले ठक्कर दिँदा ३ जनाको मृत्यु

युग संवाददाता     330 पटक पढिएको    

अटोलाई बसले ठक्कर दिँदा ३ जनाको मृत्यु

रौतहट /  रौतहटको उत्तरी भेग चन्द्रपुर नगरपालिका स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा ३ जना यात्रुको मृत्यु भएको छ । चन्द्रपुर-२  लच्का नजिकै बस र अटो रिक्सा आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो।

काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो आज बिहान ५ बजे एक आपसमा ठक्कर खाएका हुन् ।

दुर्घटनामा घाइते भएका अटोमा सवार ४ जना  मध्ये  ३ जनालाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ । मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सबिना लुंगेली मगरको दुवै खुट्टामा चोट लागेको तथा चन्द्रपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।  दुर्घटनामा परेको बस तथा  चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ ।



बिहिबार ०२, भदौ २०७९ ०९:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal