देशभर थप ८५२ जनामा कोरोना पुष्टि, ३२८ संक्रमित डिस्चार्ज

युग संवाददाता     221 पटक पढिएको    

देशभर थप ८५२ जनामा कोरोना पुष्टि, ३२८ संक्रमित डिस्चार्ज

काठमाडौँ / नेपालमा थप ८५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले बुधवार जानकारी दिँदै संक्रमण बढिरहेको बताए ।

‘संक्रमणसँगै आईसीयू र भेन्टिलेटरमा भर्ना हुने दर पनि बढेको छ,’ उनले भने, ‘आज संक्रमणदर १३५ भन्दा बढी छ भने ५०५ संक्रमितमा कुनै लक्षण देखिएको छैन ।’

बुधवार ६ हजार ३८३ नमूना परीक्षण गर्दा ८५२ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता अधिकारीले बताए । ३२८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । बुधवार देशभर ५ हजार ४६२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५९ जना आईसीयू र ७ जना भेन्टिलेटरमा रहेका छन् ।



बुधबार ०१, भदौ २०७९ ०५:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.