'आगामी निर्वाचनबाट राप्रपा नेपाल देशको महत्त्वपूर्ण शक्ति'

युग संवाददाता     230 पटक पढिएको    

'आगामी निर्वाचनबाट राप्रपा नेपाल देशको महत्त्वपूर्ण शक्ति'

काठमाडौं / राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचनबाट राप्रपा नेपाललाई देशको महत्त्वपूर्ण शक्तिको रूपमा स्थापित गर्ने बताएका छन् । थापाले संसद्मा राप्रपा नेपालको महत्त्वपूर्ण उपस्थिति भएपछि पार्टीले तीव्र गति लिने दाबी गरे ।

उनले भने, यो निर्वाचनबाट हामी केबल राष्ट्रिय पार्टी बनाउने मात्र होइन । राष्ट्रिय पार्टी त हामी बनाउँछौँ, त्यो त हाम्रो न्यूनतम लक्ष्य हो । हामी देशको महत्त्वपूर्ण शक्तिको रूपमा आफूलाई स्थापित गर्छौँ । संसद्मा हाम्रो महत्त्वपूर्ण उपस्थिति भएपछि मलाई लाग्छ, त्यसपछिको हाम्रो गति यति तीव्र भएर जान्छ । जुन विचार हामीले बोकेर हिँडेका छौं । अहिले देशका प्रमुख राजनीतिक पार्टीहरूप्रति जनतामा वितृष्णा छ । विकल्प खोजिराखेका छन् । त्यो विकल्प दिन सक्ने क्षमता हामीसँग छ ।

थापाले सोमबार र मङ्गलवार बसेको केन्द्रीय समिति बैठकले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा केही सीमित क्षेत्रमा मात्र तालमेल गर्ने निर्णय भएको बताए । तालमेल नभएका क्षेत्रमा राप्रपा नेपालले उम्मेदवार खडा गर्ने उनको भनाई छ । 



बुधबार ०१, भदौ २०७९ १२:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.