लागु औषध मुद्दामा १३ महिना कैद तोकिएका फरार प्रतिवादी पक्राउ

युग संवाददाता     277 पटक पढिएको    

लागु औषध मुद्दामा १३ महिना कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं /  लागु औषध गाँजा कारोबार मुद्दामा १ वर्ष १ महिना कैद तोकिएको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको रोशी गाउँपालिका–४ घर भई भक्तपुर बस्ने ३९ वर्षीया निर्मला श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

जिल्ला अदालत भक्तपुरले २०७९ साउन ४ मा निर्मलालाई १३ महिना कैद र ६ हजार जरिवाना हुने फैसला गरेको थियो । साउन ३० मा उनलाई पक्राउ गरेर प्रहरीले अदालतमा उपस्थित गराएको थियो । अदालतको आदेशले उनलाई केन्द्रिय कारागार जगन्नाथदेवलमा थुनामा पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । 



मङ्गलबार ३१, साउन २०७९ १२:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.