जनपक्षीय पत्रकार पोखरेलको निधन

युग संवाददाता     266 पटक पढिएको    

जनपक्षीय पत्रकार पोखरेलको निधन

बुटवल / बुटवलका एकजना जनपक्षीय क्रान्तिकारी पत्रकार बसन्त पोखरेलको निधन भएको छ । मंगलबार विहान ६ बजे आफ्नै निवास बुटवल १३ बेलबासमा उनको निधन भएको हो ।

सधै निमुखा जनताको पक्षमा कलम चलाउने प्रगतिशील पत्रकार पोखरेलको ६८ वर्षको उमेरमा निधन भएको हो । प्रेस स्वतन्त्रता सेनानीको सम्मान समेत पाएका पोखरेल नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष हुन् ।

वि.सं। २०११ सालमा प्युठानमा जन्मेका पोखरेलका दुई छोरा तथा एक छोरी छन् । हाल बुटवलको बुटवल टुडे दैनिकमा सम्पादकको जिम्मेवारीमा कार्यरत पोखरेल लामो समयदेखि मधुमेह र उच्च रक्तचापको रोगी थिए । पोखरेल प्रेस सेन्टर नेपाल रुपन्देहीका सल्लाहकार थिए ।



मङ्गलबार ३१, साउन २०७९ ०९:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.