नेपाल र अमेरिकी सेनाको संयुक्त तालिम सुरु हुँदै

युग संवाददाता     369 पटक पढिएको    

नेपाल र अमेरिकी सेनाको संयुक्त तालिम सुरु हुँदै

काठमाडौं / नेपाली सेनाले आज मंगलबारदेखि अमेरिकी सेनासँग संयुक्त तालिम गर्दैछ। सेनाले आउँदो भदौ ३१ गतेसम्म एक महिना ‘एक्स–ब्यालेन्स नेल २२-५५३०’ तालिम सञ्चालन गर्न लागेको हो।

नेपाली सेनाका अनुसार यो तालिम विगतकै निरन्तरतामा उनन्चालिसौं संस्करण रहेको र यसमा सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गतका रेञ्जर गणहरु सहभागी हुनेछन् । तालिममा नेपाली सेनाबाट ८० जना र अमेरिकी सेनाका १६ जना गरी जम्मा ९६ जना सहभागी हुने जनाइएको छ।

उक्त संयुक्त तालिममा ‘ल अफ आर्म कन्फ्लिक्ट, मिलिटरी डिसिजन मेकिङ प्रोसेस लगायत विषयमा तालिम दिइनेछ। तालिम छाउनी, नगरकोट इलाकामा सञ्चालन हुने सेनाले जनाएको छ। संयुक्त तालिममा अमेरिकी सेनाको टुकडीको कमाण्ड क्याप्टेन ब्ल्याक डुकटेलले गर्ने भएका छन् । डुकटेलको नेतृत्वमा सेना टोली सोमबार नै नेपाल आइपुगिसकेको छ। 



मङ्गलबार ३१, साउन २०७९ ०७:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal