ठूला खोलाले बगाउँदा बालिका बेपत्ता

युग संवाददाता     172 पटक पढिएको    

ठूला खोलाले बगाउँदा बालिका बेपत्ता

डोटी / डोटीको सायल गाउँपालिका –६ रौकला गाउँमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । सायल गाउँपालिका – ६ रौकलाका शेरबहादुर साउँदका नौ  वर्षीया छोरी सीता साउँदको स्थानीय ठूलाखोलाले बगाउँदा बेपत्ता भएका हुन् । 
सायल गाउँपालिका –६ का वडाअध्यक्ष दीपक साउँदका अनुसार आइतबार आएको अत्याधिक वर्षाका कारण खोला बढेको समयमा खोला पार गर्ने क्रममा खोलाले बगाएको हो । 
गोरु गोठालो गएको बेला बालिकालाई खोलाले बगाएको हो । अस्थायी प्रहरी पोष्ट कलेनाको प्रहरी टोली र स्थानीयहरुले बेपत्ता बालिकाको खोजी कार्य गरिरहेको छ ।



सोमबार ३०, साउन २०७९ ०६:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.