रुपन्देहीमा अज्ञात समूहले चलाएको गोली लागेर एक युवक घाइते

युग संवाददाता     190 पटक पढिएको    

रुपन्देहीमा अज्ञात समूहले चलाएको गोली लागेर एक युवक घाइते

रुपन्देही / रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चलेको छ । अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले  बताए ।

सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका विकास गुरुङलाई गोली हानेपछि लुटेरा समूहले नजिकै रहेको सिद्धार्थ कटेज (ढावा पसल) बाट पैसा लुटेर भागेका छन् । प्रारम्भिक अनुसन्धानबाट २५ हजार लुटपाट भएको खुलेको एसपी रेग्मीले बताए । गोली हान्नेहरू पल्सर मोटरसाइकलमा आएका थिए ।

राति पौने १२ बजेतिर गोली प्रहार भएको र घटनाबारे अनुसन्धान भइरहेको एसपी रेग्मीले जानकारी दिए ।घाइतेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । विकास भन्सारमा सामान पास गराउने काम गर्दै आएका थिए । घटनास्थल नेपाल भारत सिमानाबाट ७ सय मिटरको दुरीमा पर्छ ।



सोमबार ३०, साउन २०७९ ०८:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.