कोरानाबाट दुई जनाको मृत्यु, थप २६३ मा संक्रमण पुष्टि

युग संवाददाता     352 पटक पढिएको    

कोरानाबाट दुई जनाको मृत्यु, थप २६३ मा संक्रमण पुष्टि

काठमाडौँ / पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। ५०१ जना संक्रमणबाट मुक्त हुँदा दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।थप २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

सो अवधिमा देशभरबाट ३१६५ नमूना परीक्षण गर्दा २६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३९९ र एन्टिजेनबाट १७६६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १६२ र एन्टिजेनबाट १०१ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। हाल कोरोना सक्रिय संक्रमितको संख्या ५४३४ पुगेको छ।  

No photo description available.



शनिबार २८, साउन २०७९ ०६:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal