राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकर आज नेपाल आउँदै

युग संवाददाता     341 पटक पढिएको    

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकर आज नेपाल आउँदै

काठमाडौँ / नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आउँदै छन् । उनी आज साँझ ६ः१० मा काठमाडौँ आउने तालिका छ । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई सोमबार प्रशिक्षकमा नियुक्त गरेको थियो । क्यानले उनीसँग एक वर्षको सम्झौता गरेको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणपछि पुबु दु दसानायाकेले  पदबाट राजीनामा दिएका थिए । भदौ पहिलो साता हुने केन्या भ्रमणसँगै प्रभाकरले नेपाली टोलीको प्रशिक्षण सम्हाल्नेछन् ।  नेपालले केन्याविरुद्ध पाँच ट्वान्टी २० र तीन एक दिवसीय शृंखला खेल्ने तालिका रहेको छ ।

जसका लागि खेलाडी छनोट समेत भइसकेको छ । पूर्वकप्तान ज्ञानेन्द्र मल्लले कमब्याक गरेका छन् भने कुशल भुर्तेल टिम बाहिर छन् । यस्तै, बिनोद भण्डारीसमेत बाहिर छन् । प्रभाकरले भारतीय टिमबाट ३९ टेस्ट र एक ३० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । प्रभाकरसँग अफगानिस्तानको राष्ट्रिय क्रिकेट टिम र रणजी ट्रफीका टिमहरु दिल्ली, राजस्थान र यूपी क्रिकेट एसोसियसनको प्रशिक्षण सम्हालेको अनुभव छ ।



शनिबार २८, साउन २०७९ १०:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.