यसवर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

युग संवाददाता     287 पटक पढिएको    

यसवर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

काठमाडौँ /   यसवर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको छ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिकाअनुसार आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुनेछ ।

पूर्णिमाको तिथि भोलि बिहान ७ बजेर २५ मिनेटसम्म रहने र त्यसपछि प्रतिपदा लाग्ने समितिले जनाएको छ । पूर्णिमा तिथि बिहानै सकिने भए पनि भोलि दिनभर जनै र डोरो बाँध्न मिल्ने समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिए ।

पर्सि शनिवार प्रतिपदा तिथि नभएको र प्रतिपदामै गाईजात्रा मनाउने चलन भएकाले गाईजात्रा पनि भोलि नै मनाउनुपर्ने उनको भनाइ छ । पूर्णिमा व्रत भने आजै मनाउनु पर्ने पनि उनले बताए।  



बिहिबार २६, साउन २०७९ १०:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal