धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

युग संवाददाता     270 पटक पढिएको    

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

धनगढी / धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट नजिकै मोहनापुल अत्तरिया सडकखण्डमा से.२प. ५२८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाकाअनुसार मोटरसाइकलमा सवार डोटीको जोरायल गाउँपालिका(१ का २८ वर्षीय चित्र मडैको मृत्यु भएको हो। गम्भीर घाइते भएका मडैलाई उपचारका लागि तत्काल माया मेट्रो अस्पताल पुगाइएको भए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

चालक जोरायल गाउँपालिका–१ कै २१ वर्षीय सन्तोश मल्ल घाइते भएका छन्। उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। मृतक मडैको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।



बुधबार २५, साउन २०७९ ०८:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal