देशव्यापी तालमेलको पक्षमा कांग्रेस

युग संवाददाता     217 पटक पढिएको    

देशव्यापी तालमेलको पक्षमा कांग्रेस

काठमाडौँ /  सत्तारुढ नेपाली कांग्रेसका नेताहरू देशभर तालमेलको पक्षमा देखिएका छन् । सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बस्नुअघि कांग्रेसले सोमबार बिहान पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक राखेको थियो ।

बालुवाटारमा बसेको बैठकमा नेताहरूले अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार जित्ने गरी तालमेल गर्नुपर्नेमा जोड दिएका छन् ।नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीहरूले कम्तीमा १०० सिट राखेर चुनावी तालमेल गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको आज बसेको बैठकले कम्तीमा १०० सिट राखेर मात्रै तालमेल गर्न सुझाव दिँदै सो सम्भव नभए गठबन्धन नगर्न सुझाव दिएका छन् ।

प्रवक्ता महतले भने पार्टीका तर्फबाट गठबन्धन कार्यदल रहेका सदस्यहरूलाई सुझाव दिनका लागि सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक राखेको बताए । उनले ०७४ सालको निर्वाचन र भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पाएको मतलाई गठबन्धन निर्माणको आधार बनाउन सुझाव दिएको जानकारी दिए ।



सोमबार २३, साउन २०७९ ०५:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.