कैलालीमा चरेस सहित एक सशस्त्र प्रहरी जवान पक्राउ

युग संवाददाता     179 पटक पढिएको    

कैलालीमा चरेस सहित एक सशस्त्र प्रहरी जवान पक्राउ

धनगढी / कैलालीमा सशस्त्र प्रहरी जवान लागू औषध चरेस सहित पक्राउ परेका छन्।

सुदूरपश्चिम प्रहरी अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले सशस्त्र प्रहरी गण वनबेहडा कैलालीमा कार्यरत दुर्गाथली गाउँपालिका ४ बझाङ घर भएका गणेश प्रसाद जोशीलाई लागू औषध चरेस सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले सूचनाको आधारमा सशस्त्र प्रहरी जवान जोशीलाई धनगढी उपमहानगरपालिका ३ स्थित होटेल सिटिबाट डेढ केजी लागू औषध चरेस सहित पक्राउ गरिएको बताए । पक्राउ परेका जोशीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए ।



सोमबार २३, साउन २०७९ ०५:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.