संघीय सरकारविरुद्ध आन्दोलन गर्ने मधेश प्रदेश सरकारको चेतावनी

युग संवाददाता     280 पटक पढिएको    

संघीय सरकारविरुद्ध आन्दोलन गर्ने मधेश प्रदेश सरकारको चेतावनी

जनकपुरधाम । मधेश प्रदेश सरकारले एक सप्ताहभित्र प्रहरी समायोजन नभए संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।

मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहसहितका मन्त्रीहरुले आइतबार प्रदेश प्रमुख हरिशंकर प्रसाद मिश्रलाई ज्ञापन पत्र बुझाउँदै आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

पटक–पटक प्रहरी समायोजनको विषयमा संघीय सरकारलाई लिखित तथा मौखिक रुपमा ताकेता गर्दा पनि कुनै सुनवाइ नभएकोले आफूहरुले वाध्य भएर आन्दोलनमा जाने निर्णय गरेको मन्त्री साहले बताए । 

मुख्यमन्त्रीसहित सबै पार्टीका मन्त्रीहरु कठमाडौँ डेलिगेशन नै गएर प्रधानमन्त्री शेरवहादुर देउवा, तथा गठबन्धनका दलका शीर्ष नेताहरु भेटेर प्रहरी समायोजनको प्रक्रिया अगाडी बढाउन आग्रह गरेको उनले सुनाए तर पनि संघीय सरकारले कुनै चासो नलिएको उनको गुनासो छ। 



सोमबार २३, साउन २०७९ ०८:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal