पहिरोको जोखिममा बाजुराको मुक्तिकोट

युग संवाददाता     257 पटक पढिएको    

पहिरोको जोखिममा बाजुराको मुक्तिकोट

बाजुरा / बाजुराको पूर्वी उत्तर क्षेत्रमा रहेको स्वामिकार्तिक खापर गाउँपालिकाको –१ स्थित मुक्तिकोटको दलित बस्ती पहिरोको उच्च जोखिममा रहेको छ । 
झण्डै ३९५ दलित घरपरिवार रहेको सो गाउँमा माथिबाट २०७८ साल सारमा गएको पहिरोले यो वर्षामा पनि ठूलो रुप लिँदै गएपछि यहाँको माझगाउँ, खोलीकोट खोला, मेला, भुवाटुस्कालगायतका टोल निकै जोखिममा रहेका छन् ।
स्वामिकिार्तिक खापर गाउँपालिका–१ का स्थानीय  मनबहादुर विकले गत वर्षको असारमा बस्तीको माथिबाट पहिरो गएको बताए । अहिलेको वर्षामा त्यो पहिरो फेरि बग्न सुरु गरेपछि बस्ती नै जोखिम भएको उनको भनाइ । 
विकले भने–‘बस्ती जोखिममा कतै सुरक्षित ठाउँमा बसाइ गरिदिनु भनेर स्थानीय प्रदेश र सङ्घीय सरकारसँग कयौँ पटक पहल गर्यौं तर  पनि अहिलेसम्म कतैबाट पनि कुनै सुनुवाइ भएको छैन ।’



आइतबार २२, साउन २०७९ ०८:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal